समाज


२९ यात्रु सवार रुसी विमान मंगलबार बेपत्ता, खोजी जारी

२९ यात्रु सवार रुसी विमान मंगलबार बेपत्ता, खोजी जारी

(फाइल तस्बिर)


नेपालखबर
असार २२, २०७८ मंगलबार ११:५१,

२९ यात्रु सवार एउटा रुसी विमान मंगलबार बेपत्ता भएको छ।

समाचार संस्था टासका अनुसार कामचत्का पेनिनसुला क्षेत्रबाट एएन–२६ विमान सम्पर्कविहीन भएको हो।

अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएको बताइएको छ।

हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ। 

विमान बेपत्ता भएकाले त्यसको अवस्था अज्ञात छ। आइतबार मात्र फिलिपिन्समा एउटा सैन्य विमान दुर्घटनामा पर्दा ५० जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad