समाज


काठमाडौंका सबै वडा कार्यालय परम्परागत शैलीमा बनाइँदै

काठमाडौंका सबै वडा कार्यालय परम्परागत शैलीमा बनाइँदै

नेपालखबर
साउन ३०, २०७८ शनिबार १५:२९, काठमाडौँ

काठमाडौँ महानगरपालिकास्थित सबै वडा कार्यालयका भवन परम्परागत शैलीमा बनाइने भएको छ।

महानगरपालिकाले वडा कार्यालय भवन परम्परागत शैलीमा बनाउने अभियानलाई अघि बढाएको प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्। 

उनले शनिबार वडा नम्बर १६ को कार्यालय भवन शिलान्यास गरेका छन्। उक्त भवनको शिलान्यासपछि सम्बोधन गर्दै शाक्यले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन पुन:निर्माण र नयाँ निर्माण पूरा गरिने बताए। 

‘हामी आएपछि पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनःनिर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘वडा–१६ को भवनको आज शिलान्यास भयो । उद्घाटन हाम्रो कार्यकालमा हुँदैन । तर, अहिले गरेका काम स्थानीय सरकारको जग हुन् ।  

प्रमुख शाक्यले वडा–१६ को वडा भवन शिलान्यास घोषणा अनुसारकै कार्य भएको भन्दै यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भएको जानकारी दिए। 

केही दिन अघि मात्रै मेयर शाक्यकै वडा–२१ को पनि वडा भवनको शिलान्यास गरिएको थियो ।  

‘केही कार्यालय भवनको निर्माण जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’ 

शाक्यले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए।  उनले मुद्दा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण गर्न नसकेको गुनासो गरे।

सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण हुने पनि प्रमुख शाक्यले जानकारी दिए। 

‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उनले भने, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । सबै वडा भवनको बाहिरी स्वरूपबाट मौलिकता झल्किनेछ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .