समाज


सहकर्मीलाई ‘लागुऔषध’मा फसाउन खोज्ने पत्रकारसहित तीन पक्राउ, दुई प्रहरी निलम्बित

सहकर्मीलाई ‘लागुऔषध’मा फसाउन खोज्ने पत्रकारसहित तीन पक्राउ, दुई प्रहरी निलम्बित

शैलेन्द्र महतो
भदौ ७, २०७८ सोमबार १८:३३, जनकपुरधाम

रौतहटमा एक पत्रकारले नै अर्का पत्रकारलाई लागुऔषध कारोबारमा फसाउन खोजेको घटना सार्वजनिक भएको छ। 

पत्रकार र प्रहरीको योजनामा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागुऔषध कारोबारमा फसाएको घटना सार्वजनिक भएको हो।

योजनावद्ध रुपमा फसाउन खोजेको आरोपमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव संजय सहनीसहित तीनजनालाई पक्राउ गरि रौतहट प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिकाका २३ वर्षीय जितेश कुमार यादव छन्। 

यस्तै, दुई प्रहरीलाई निलम्बन गरिएको छ।

प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको रौतहटका प्रहरी उपरीक्षक शिद्धविक्रम शाहले जानकारी दिए।

प्रहरी अनुसन्धानबाट घटनाका मुख्य योजनाकार पत्रकार सहनी रहेको  देखिएको छ। 

गएको साउन ३२ गते गौरस्थित ग्रिन सिग्नल होटेल अगाडि साँझ ७ बजे सडक पेटिमा राखिएको पत्रकार मोजुबुल्लाह चढ्ने भारतीय नम्बर प्लेट बीआर ३० एस १८८७ को मोटरसाइलबाट लागुऔषध नाइट्रोभेट प्रहरीले फेला पारेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमावा प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट पत्रकार सहनीको निर्देशनमा धिरज यादव र सर्लाहीका जितेश कुमार यादवले पत्रकार मोजुबुल्लाह चढ्दै आएको मोटरसाइकलमा १ सय ५ वटा लागुऔषध नाइट्रोभेट राखेको खुलेको थियो।

प्रहरीले लागुऔषध राखेका धिरज यादव र जितेशकुमार यादवलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाएको छ। रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोजुबुल्लाहलाई ​रौतहट प्रहरीले योजनावद्धरुपमा लागुऔषध घटनामा फसाएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले दाबी गर्दै आएका थिए ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा पत्रकार मोजुबुल्लाहलाई फसाउन खोजेको तथ्य पत्ता लागेको हो।
 

पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुपदार्थ राखेको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .