केही दिनअघि गुल्मीको चन्द्रकोटमा दुई बालिका र एक महिलासहित तीनजनाको विभत्स हत्याको रहश्य खुलेको छ। प्रहरीले हत्या आराेपी दुईजनालाई पक्राउ गरेपछि रहश्य सार्वजनिक भएकाे छ।
पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका–७ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र उनका १६ वर्षीय भतिजा माधव सुनार रहेका छन्। पुर्णबहादुर र ति महिला बीचको शारीरिक सम्बन्धकै कारण महिला र उनका दुई छोरीहरुको हत्या भएको प्रहरीले दाबी गरेको छ।
प्रहरीका अनुसार हत्या गरिएकी महिला मोरङको साविक कानेपोखरी गाविस वडा नम्वर ३ की हुन्। उनी पोखरा महानगरपालिका वडा नम्वर २५ स्थित फेदीमा रहेको सुनारको होटलमा काम गर्थिन्। ती महिलासँग उनले लसपस (शारीरिक सम्पर्क) राख्दै आएका थिए। उनीसहित अर्की महिला पनि उनको होटलमा काम गर्दै आएकी थिइन्। अर्की महिलासँग शारारिक सम्पर्क राख्दै आएको र ती महिलाले सुनारलाई छाड्न नचाहेपछि उनकी जेठी श्रीमती र पुर्णबहादुर सुनार तनावमा थिए।
यही क्रममा घर लगेर राख्छु भन्दै फकाएर उनले शान्तिपुर हुँदै उनलाई ल्याएर आएका थिए। पूर्णबहादुर सहित तीनजना पुरुषले हत्या गर्ने योजना बनाएर आएका थिए। सोही अनुरुपम बाग्लुङ र गुल्मीको सिमानामा पर्ने चन्द्रकोट गाउँपालिका वडा नम्वर ३, हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भिर जंगलमा ल्याई ती महिला र उनका दुई छोरीहरुको विभत्स हत्या गरेका थिए।
उनका दुई जुम्ल्याहा छोरीहरु थिए। तीमध्ये एउटीको नाम जमुना राना भन्ने खुलेको छ। अर्की छोरी र उनीसँगै हत्या गरिएकी ती महिलाको नाम खुल्न सकेको छैन।
हत्या योजनाकारमध्ये एक जना फरार भएका छन्। दुईजनामध्ये काका पुर्णबहादुर र भतिजा माधवलाई प्रहरीले पोखरास्थित सोही होटलबाटै पक्राउ गरेको हो। फरार एक जनाको पनि प्रहरी नजिक पुगेको जनाईएको छ।

प्रतिक्रिया