समाज


पल शाह प्रकरण : तनहुँ अदालतमा नाबालिगसँगै बाबुले पनि बयान फेरे

पल शाह प्रकरण : तनहुँ अदालतमा नाबालिगसँगै बाबुले पनि बयान फेरे

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०७९ आइतबार १७:३५, काठमाडौँ

अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका बाबुले पनि बयान फेरेका छन्। 

नाबालिग पीडितको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन्। 

वकपत्र गराउने क्रममा उनले पलविरुद्ध प्रभाव र दबाबमा परेर बलात्कार मुद्दा दर्ता गराएको भन्दै बयान फेरेका हुन्। 

त्यसअघि सुरुमा सुरुमा पीडित नाबालिगको पनि बकपत्र गरिएको थियो। उनले पनि आफूलाई पलले बलात्कार नगरेको भन्दै 'होस्टाइल' भएकी थिइन्। 

ती नाबालिगले पनि दबाब र प्रभावमा परेर पलविरुद्ध उजुरी दिएको बकपत्र अदालतसमक्ष गराएकी छन्। 

अहिले जाहेरवाला बाबुको वकपत्र जारी छ। दुवैजनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ। 

पीडित पक्ष र पीडक भनिएका पलको यो बकपत्रलाई अदालतले प्रमाणित गरेपछि फैसला गर्दा यसलाई पनि प्रमाणका रुपमा लिइन्छ। अदालतले अब साक्षीहरूसँग पनि वकपत्र गराउँछ ।

तनहुँको वकपत्र सकेर अब पललाई पूर्वी नवलपरासी लगिनेछ। अब नवलपरासी अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो।

पलविरुद्ध २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए। 

त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .