ad ad

समाज


विवाहको बाजा बजाउने विषयमा कुटपिट हुँदा एक युवकको मृत्यु

विवाहको बाजा बजाउने विषयमा कुटपिट हुँदा एक युवकको मृत्यु

शैलेन्द्र महतो
बैशाख १४, २०७९ बुधबार १६:२९, जनकपुरधाम

सप्तरीमा विवाहमा लाउडस्पिकर बजाउने विषयमा विवाद भएपछि कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। 

सप्तरीको खडक नगरपालिका ४ स्थित पन्सेरा टोलमा कुटपिटबाट स्थानीय राम आशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो। 

मंगलबार राति १० बजेको समयमा विवाहमा बजिरहेको बाजा रोक्ने विषयमा विवाद भएको थियो। सो विवादमा अपरिचित व्यक्तिहरुको कुटपिटबाट सन्तलाल गम्भीर घाइते भएका थिए।

उनको विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

कुटपिटमा संलग्न भएको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको उनले बताए। 

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले  जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .