समाज


एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु

नेपालखबर
साउन १५, २०७९ आइतबार १४:३३, काठमाडौँ

झापामा एम्बुलेन्सको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु भएको छ। 

गत साउन ४ गते दिउँसो कन्काइ नगरपालिका ३ सुरुङ्गामा मे १ च १६५४ नम्बरको एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्करदिँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। 

स्कुटर चालक झाप गाउँपालिका-६ का २३ वर्षीय राजेश कार्की र पछाडी सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएका थिए। 

उनीहरुलाई तत्काल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो। 

राजेश कार्कीलाई थ उपचारका लागि शनिबार राति १० बजे नोबेल अस्पताल बिराटनगर लगिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

एम्बुलेन्स चालक बिर्तामोड नगरालिका-१० का ४६ वर्षीय चन्द्रबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .