ad ad

समाज


नयाँ बानेश्वरमा यम बुद्धको क्रेज, मेयर बालेन्द्र पुग्दै (तस्बिरहरू)

नयाँ बानेश्वरमा यम बुद्धको क्रेज, मेयर बालेन्द्र पुग्दै (तस्बिरहरू)

विशाल कार्की
असोज १, २०७९ शनिबार ७:४७, काठमाडौँ

यमबुद्ध फाउन्डेसनले ‘यमबुद्ध शान्ति दौड’ गर्दैछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आतिथ्यमा काठमाडौंको नयाँ बानेश्वरबाट ‘यमबुद्ध शान्ति दौड’ गर्न लागेको हो।

नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराइएको छ। 

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ।

शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ।

सहभागीहरुले स्व. र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाएका छन्। 

अहिले नयाँ बानेश्वरमा संगितप्रेमीहरुको जमघट भएको छ। मेयर शाह लगायतका अतिथिहरुको उपस्थिति हुन बाँकी छ।

तस्बिरहरू :

 

तस्बिरहरू : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .