सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको वडा नं १ बाट बेपत्ता भएका शिक्षकको सकुशल उद्धार गरिएको छ।
दोलखा स्थायी घर भएका शिक्षक केशव सिवाकोटी खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए।
उनलाई जिवित भेटिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा जिवितै फेला परेका थिए। सिवाकोटी शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए।
तस्बिर : कुमार लामिछानेकाे फेसबुकबाट।
120
Shares
प्रतिक्रिया