ग्लोबल


युक्रेनको सबैभन्दा ठूलो आणविक भट्टीमा जोडियो विद्युत

युक्रेनको सबैभन्दा ठूलो आणविक भट्टीमा जोडियो विद्युत

नेपालखबर
असोज २, २०७९ आइतबार १२:२७, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आणविक नियमनकारी निकाय आईएईएले युक्रेनको सबैभन्दा ठूलो आणविक भट्टी जापोरिझियामा पुनः पावर जोडिएको बताएको छ।

रुसको आक्रमणको कारण यो आणविक भट्टीको पावर लाइन काटिएको थियो। अहिले आणविक भट्टीका सबै छवटा रिएक्टर कोल्ड सटडाउन अवस्थामा छन्। यिनीहरुले काम गरिरहेका छैनन्।

तर, रिएक्टरहरुलाई चिसो बनाएर पग्लिन नदिन चिसो बनाइराख्नुपर्ने हुन्छ। त्यसको लागि बाहिरी ऊर्जाको जरुरी हुन्छ। 

अहिले रुसी सेनाको नियन्त्रणमा रहेको आणविक भट्टीको अवस्थामा सुधार आएको तर अझै पनि जोखिम भने कायम रहेको आईएईएले बताएको छ।

यो महिनाको सुरुमा आईएईएका अधिकारीहरुले जापोरिझियाको भ्रमण गरेका थिए। यो भट्टीको विषयलाई लिएर रुस र युक्रेनले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .