समाज


रामेछापबाट लुक्लाका लागि उडान सुरू

रामेछापबाट लुक्लाका लागि उडान सुरू

नेपालखबर
असोज १५, २०७९ शनिबार २१:१९, काठमाडौँ

रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरू भएको छ। तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।

दसैँको बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्। 

यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन्। यो पर्यटकको याम भएकाले दैनिक रुपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको ती कम्पनीहरुले जनाएका छन्। 

काठमाडौँबाट नजिक रहेको यस विमानस्थलमा साना विमानस्थलका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ। नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमा८ौंको कुनै कम्पनीले पनि उडान भर्न सकेका छैनन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .