नेपाली कांग्रेस चितवनका नेता ३९ वर्षीय तीलचन्द्र अकिारीको दुर्घटनामा मृत्यु भएको छ।
सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका– २ स्थित इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
अधिकारी चितवनको साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति हुन्।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पश्चिमबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
अधिकारी मोटरसाइलमा सवार थिए। दुर्घटनापछि ट्रक नियन्त्रणमा लिइएको तर, चालक फरार रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया