समाज


अब तीब्र गतिमा सवारी साधन चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने

अब तीब्र गतिमा सवारी साधन चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने

फाइल फोटाे


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १६:२६, काठमाडौँ

ट्राफिक प्रहरीले अब तीब्र गतिमा सवारी साधन चलाउनेलाई पनि सचेतना कक्षा अनिवार्य गर्ने भएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी मंसिर १५ गते बिहीबारदेखि तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने जनाएको छ।

अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लंघन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा मंसिर १५ गते देखि तीब्र गतिमा सवारी साधन चलाउनेले पनि  अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने छ। 

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीब्र गतिमा सवारी साधन चलाउनु रहेको ट्राफिक प्रहरीको भनाई छ। तीब्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गर्दछ। आर्थिक वर्ष २०७८/०७९ मा ३५४३ र चालु आर्थिक वर्षको ३ महिनाका ६४९ वटा सवारी दुर्घटनाहरु तीब्र गतिका कारण भएका छन्। 

यस प्रकारका दुर्घटना नियन्त्रणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सवारी साधनको गति चेकजाँच गरी तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ४ सय ४७ जना र चालु आर्थिक वर्षको ३ महिनामा ८ हजार ५ सय ८४ जनालाई उक्त कसुरमा कारबाही गरिए छ।

तर सवारी चालकहरुमा सचेतनाको कमीले गर्दा तीब्र गतिमा सवारी साधन चलाउने प्रवृतीमा कमि नआएको र दुर्घटनाहरु समेत बढ्दै गएको हुँदा तीब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नियमअनुसार जरिवाना गर्नुका साथै १ घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad