ad ad

समाज


प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ११:४५, काठमाडौँ

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको ५८ वर्षको उमेरमा बुधबार निधन भएको छ। 

मोरङ क्षेत्र नम्बर ३ '१' बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनिया भएपछि उनी एक महिनादेखि उपचारका क्रममा थिए। 

थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो। 


नोबेल मेडिकल कलेजका निर्देशक राजेश नेपालका अनुसार थापाको बुधबार बिहान १०.४० बजे निधन भएको हो। 

थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ '१' प्रदेशसभातर्फको चुनावी कार्यक्रम पनि रोकिने भएको छ। 

उनी गत असोज २३ गतेदेखि नै बिरामी परेपछि चेकजाँच गर्दा डेंगु देखिएको थियो। 

असोज २३ मा उम्मेदवारी दर्ता गरेपछि उनी असोज २४ गते काठमाडौं वसुन्धरास्थित ह्याम्स अस्पतालमाा उपचारका लागि भर्ना भएका थिए।

उनले अस्पताल भर्ना भएयता चुनाव प्रचार गर्न पनि पाएका थिएनन्। ह्याम्समा एक महिना लामो उपचार पछि थापालाई मंगलबार मात्रै नोबेल अस्पतालमा लगिएको थियो। 

उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा २०५७ देखि ८ वर्षसम्म काम गरेका थिए। 

उनी २०७० सालको संविधानसभा निर्वाचनमा अहिलेकै क्षेत्रबाट चुनावी मैदानमा थिए। तर त्यसबेला एमालेका चण्डी राईसँग हार्न पुगे। 

उनी ०७४ सालमा कांग्रेसबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य भएका थिए। यस पटक भने उनी प्रत्यक्षबाट चुनावी मैदानमा थिए। तर उम्मेदवारी दर्तालगत्तै बिरामी परेपछि चुनावअगावै उनको निधन भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .