ad ad

समाज


नाराले मात्रै बालश्रम रोकिँदैन : इन्दु तुलाधर

नाराले मात्रै बालश्रम रोकिँदैन : इन्दु तुलाधर

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ७:५६, काठमाडौँ

देशमा रहेको बालश्रमको समस्याका बारेमा सरोकारवालासँग एकदिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ। यसै साता काठमाडौंमा भएको अन्र्तकृयाका सहभागीहरूले विभिन्न ठाउँमा श्रमिकका रुपमा रहेका बालबालिका र उनीहरुले भोग्दै आएका समस्याका विषय उठाएका थिए। 

अन्र्तकृयामा उठेका सवालमाथि जवाफ दिनेक्रम विषय विज्ञ इन्दु तुलाधरले स्थानिय सरकारले मुख्य भूमिका खेल्नु पर्ने बताइन्। उनले भनिन् ‘बालश्रमिक राखिनु हुँदैन भन्ने नाराले मात्रै भन्ने नाराले मात्रै बालश्रम रोकिदैन। देशका सबै वडाहरु बालबालिका मैत्री हुनुपर्छ। बालबालिकासँग सम्बन्धित संरचना बलियो बनाउनु पर्छ। न्याक समितीलाई बालबालिकाप्रती उत्तरदाइ बनाउनु पर्छ।’

सरोकारवाला निकायले श्रमिक बालबालिकाको खोजी र पहिचान गर्नु पर्नेमा तुलाधरको जोड थियो। सिविसले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रमका सहभागीहरुले गैरसरकारी संस्थाहरुले खोजी र पहिचान गरेका बालश्रमिकका मुद्धामा स्थानिय सरकारलाई गम्भिर भएर काम गर्न आग्रह गरेका थिए।

अन्र्तकृया कार्यक्रममा सहभागी बुढानिलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले आफ्नो कार्यक्षेत्र भित्र भएका बालश्रमिकका बारेमा सुचना र प्रमाण पाएको खण्डमा रेस्क्यू गर्न तयार रहेको बताइन्। उनले बालबालिकाहरुलाई बालगृहसम्म पुराउन नहुँनेमा जोड दिदै भनिन् ‘हाम्रो कार्यक्षेत्रमा भएका बालश्रमिकलाई रेस्क्यु गर्न र जिम्मेवारी लिन तयार छौँ ।’

अन्र्तरकृयामा सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिम्सिना, नागार्जुन नगरपालिका उपप्रमुख सुशीला अधिकारी, राष्ट्रिय बालअधिकार परिषद सदस्य सुष्मा पोखरेल, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .