नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन्।
बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्ने गरेका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा आज फेला परेका हुन्।
महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ। महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए। रासस
मंसिर २४, २०७९, शनिबार
516
Shares
प्रतिक्रिया