समाज


१९ वर्षपछि कारागारबाट रिहा भए शोभराज, डिपोर्ट गर्न अध्यागमनमा लगियो

१९ वर्षपछि कारागारबाट रिहा भए शोभराज, डिपोर्ट गर्न अध्यागमनमा लगियो

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १२:४५, काठमाडौँ

फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धारबाट रिहा भएका छन्। उनलाई त्यहाँबाट सिधै अध्यागमन कार्यालय लगिएको छ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए।

शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधवार आदेश दिएको थियो।

अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। 

सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए। 

काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज शुक्रबार रिहा भएका हुन्।

उनलाई जेलबाट सिधै अध्यागमन विभागमा लगिएको छ। त्यहाँबाट उनलाई अध्यागमन विभागले फ्रान्सतर्फ डिपोर्ट गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad