ग्यास विस्फोटमा घाइते भई उपचारका लागि भारत लगिएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई आजदेखि मुखबाट खाना खुवाउन सुरु गरिएको छ।
उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
हिजोसम्म पाइपवाट खाना खुवाइएको थियो तर आजदेखि भने मुखबाट खाना (ओरल फुडिङ्ग) खुवाउन सुरु गरिने भएको मुम्बईमा सँगै रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले जानकारी दिए।
भण्डारीले दोहोरो संवाद गरिरहेको न्यौपानेले बताएका छन्। भण्डारीले सबै कुराको जानकारी आफैं लिन थालेका छन्।
भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइएको उनले बताए।
120
Shares
प्रतिक्रिया