समाज


केही स्थानमा वर्षा र हिमपातको सम्भावना

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०७९ बुधबार ७:३१, काठमाडौँ

आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

‘यसमा वर्षाको अलि बढी सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखिएको छ’, उनले भनिन्, ‘तर सम्भावना देशभर पहाडी भेगमा छ।’
यसैगरी देशका  उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसमविद् बासीले जानकारी दिइन्।

‘हिमपात पनि देशभरकै उच्च पहाडी तथा हिमाली भेगमा रहे पनि अलि बढी सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशतिर छ’, उनले भनिन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

अहिले  (बुधबार बिहान) भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा रहेको  महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। 

‘आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छैन’
आजलाई काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नरहेको मौसमविद् बासीले जानकारी दिइन्।

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस रहेको उनले बताइन्। तर अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad