काठमाडौंको मनमैंजुस्थित नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी घुससहित पक्राउ परेका छन्।
सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई घुसहित नियन्त्रणमा लिएको हो।
सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट १ लाख ७५ रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको ७ लाख ६९ हजार पाँच सय रुपैयाँ र अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँको चेक थान ३ तथा सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको १ लाख ८५ हजार ३८८ रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।
उनीहरुलाई घुस रकमसहित नापी कार्यालय, मनमैंजुबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया