आगलागीले अनगिन्ती जनावरहरु मरेका छन्। सिड्नी विश्वविद्यालयको अध्ययनमा आगलागीले करोडौं जनावरको ज्यान गएको अनुमान गरिएको छ। केही जनावर लोप हुने अवस्थामा पुगेका छन्।
जंगल, झाडी, घाँसे मैदान आगो लागेर कालै देखिएका छन्। जनावरले खाना खान पाइरहेका छैनन्।
यसबीचमा जनावरले खाना खान पाउनु भनेर न्यु साउथ वेल्स राज्यमा हजारौं केजी खानेकुरा हेलिकप्टरबाट खसाइएको छ।
न्यु साउथ वेल्सका उर्जा तथा वातावरणमन्त्री म्याट केनका अनुसार उक्त राज्यमा गाजर, सुठुनीजस्ता खानेकुरा जनावरको लागि हेलिकप्टरबाट खसाइएको हो।
— Matt Kean MP (@Matt_KeanMP) January 11, 2020One happy customer ?????#operationrockwallaby #AustralianFires pic.twitter.com/wtzMgeaX6D
सामाजिक सन्जाल ट्वीटरमा खानेकुरा खसाइएको भिडियो सार्वज्निक भएका छन् भने केही खरायोले हेलिकप्टरबाट झारेको गाजर खाएको फोटोपनि पोस्ट भएका छन्।
हालसम्म आगलागीका कारण २९ जनाको ज्यान गएको छ। २ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्। एजेन्सी
(भिडियो)

प्रतिक्रिया