ad ad

समाज


बिहीबार दिउँसोसम्म पाँचजना अभियुक्तको बहस सकियो

बिहीबार दिउँसोसम्म पाँचजना अभियुक्तको बहस सकियो

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८० बिहिबार १४:४७, काठमाडौँ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा बिहीबार पनि काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको छ।

बुधबारदेखि अभियुक्तहरुको पक्षबाट वकिलहरुले बहस सुरु गरेका थिए। बुधबार जम्मा १३ जना वकिलले बहस गरेका थिए। 

यो प्रकरणमा बुधबार सबैभन्दा पहिले बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए। 

बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुको पक्षमा वकिलहरुले बहस गरेका थिए। 

बिहीबार यो प्रकरणमा पक्राउ परेका सागर राई र सन्देश शर्माको पक्षमा वकिलहरुले  बहस गरेका छन्। अब बिहीबार दिउँसोसम्म पाँचजना अभियुक्तको पक्षमा प्रतिरक्षा बहस भएको छ। 

बिहीबार वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारीको पक्षमा बहस गरेका थिए। 

त्यसपछि अर्का अभियुक्त सागर राईको तर्फबाट अधिवक्ताहरु प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गरेका छन्। 

त्यसैगरी अर्का अभियुक्त सन्देश शर्माको तर्फबाट अधिवक्ताहरु यज्ञ खतिवडा, गोपालराज अर्याल र नगेन्द्र चौहान, सुशीला कार्की । मंगल महतोले बहस गरे।

बुधबार केशव दुलालको तर्फबाट ६ जनाले  बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट एकजना वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका थिए। 

केशव दुलाको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका थिए। 

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिलहरुले बहस सकेपछि बुधबारदेखि प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .