नवलपरासीमा लागुऔषधसहित काठमाडौं उपत्यकाका तीन युवक पक्राउ परेका छन्।
नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।
भैरहवाबाट काठमाडौंका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौं महानगरपालिका–२ का२५ वर्षीय सन्दीप रजकलाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ।
यस्तै सोही स्थानमा बझाङबाट काठमाडौंका लागि छुटेको ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद भएका छन्।
उनीहरूबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन्।

प्रतिक्रिया