ओखलढुंगामा ‘मर्निङ वाक’मा निस्किएका एक व्यक्तिको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको छ।
सिद्धिचरण नगरपालिका वडा नम्बर ४ घर भएका ४८ वर्षीय प्रल्हाद क्षेत्रीको शुक्रबार घर नजिकैको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
मर्निङ वाकमा गएको बेला उनी ढिक भिरबाट लडेका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए।
असोज ६, २०८०, शनिबार
144
Shares
प्रतिक्रिया