समाज


कपिलवस्तुमा एकै घरका २ बालिकाको सर्पले डसेर मृत्यु

कपिलवस्तुमा एकै घरका २ बालिकाको सर्पले डसेर मृत्यु

नेपालखबर
असोज १८, २०८० बिहिबार ५:३९, कपिलबस्तु

कपिलबस्तुको बाणगंगामा विषालु सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु भएको छ।

मंगलवार राति सर्पले डसेर गम्भीर बिरामी परेका बाणगंगा नगरपालिका–९ भलवाडका मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीको सर्पले डसेर मृत्यु भएको हो। 

उनीहरुलाई मंगलबार राति सर्पले डसेको थियो।

दिदी र बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिए।

उपचारको क्रममा बहिनी रीतिकाको बुधबार बिहान र दिदी इशिकाको साँझ मृत्यु भएको हो।

उनीहरुलाई मंगलबार राति घरमा सुतिरहेको बेला सर्पले डसेको थियो। सर्पले डसेको थाहा पाएपछि दुवैलाई बुधबार बिहान उपचारका लागि कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि अभिभावकले उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए। ढिलो उपचार सुरु गर्दा बालिकाहरुको मृत्यु भएको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .