समाज


बल्खुमा एक जना पुरुषको शव भेटियो

बल्खुमा एक जना पुरुषको शव भेटियो

नेपालखबर
कात्तिक २६, २०८० आइतबार १८:३१, काठमाडौँ

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ।
    

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ। नुहाउने क्रममा उनी डुबेका हुन्। तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .