ad ad

समाज


पत्नीको हत्यापछि भारतमा लगेर शव फालेको आरोपमा सिराहाबाट एक युवक पक्राउ

पत्नीको हत्यापछि भारतमा लगेर शव फालेको आरोपमा सिराहाबाट एक युवक पक्राउ

नेपालखबर
मंसिर १४, २०८० बिहिबार ७:५९, सिराहा

सिरहा जिल्ला सदरमुकामसमेत रहेकाे सिरहा नगरपालिका- १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई प्रहरीले श्रीमती हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

३० वर्षीया श्रीमती संजिता कुमारी यादवको हत्या अभियोगमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

गत हप्ता श्रीमतीका् हत्या गरी फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

घरायसी विवादका क्रममा उनले इँटा र बाँसको भाटाले मरणासन्न हुनेगरी कुटपीट गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यापछि उनले श्रीमतीको शव भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत सलरा भन्ने ठाउँमा लगेर झाडीमा फालेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। 

शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगएको छ। यादव दम्पतिका ५ जना छोरा छोरी छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .