समाज


काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न निषेध, बेचे कडा कारबाही हुने

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न निषेध, बेचे कडा कारबाही हुने

नेपालखबर
मंसिर २७, २०८० बुधबार ९:१२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आजदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

दुई साताअघि (१५ मंसिरमा) काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। 

महानगरको गरेको सो घोषणा आजबाट लागू भएको हो।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगरका प्रहरी मार्फत त्यस्ता जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .