समाज


रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक (नामावलीसहित)

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक (नामावलीसहित)

नेपालखबर
पुस ४, २०८० बुधबार १९:१३, काठमाडौँ

रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाएको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परराष्ट्रका अनुसार बर्दियाको राजापुर–१ का विवेक खत्री,  काभ्रेपलाञ्चोकको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ– २का विकास राई र रोल्पाको रून्टिगढी–८ का प्रतिक पुन युक्रेनी सेनाको बन्धक बनेका छन्।

बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीको लागि इन्टरनेसनल कमिटी अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .