समाज


बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

नेपालखबर
चैत ५, २०८० सोमबार १९:३२, काठमाडौँ

बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। 

जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो।

यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो।

यो बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ। घाइतेहरू पनि अझै बढी हुन सक्ने प्रहरीको भनाइ छ। 

उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरूको विवरण आइनसकेको प्रहरीले उल्लेख गरेको छ। 

बस सडकबाट तल झरेर खोल्सामाथि पुगेकाले यात्रुहरू खोल्सा र भिरमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .