ad ad

समाज


दुर्गा प्रसाईलक्षित प्रधानमन्त्रीको टिप्पणी : अराजकता फैल्याउनेलाई नियन्त्रणमा लिन्छौँ

दुर्गा प्रसाईलक्षित प्रधानमन्त्रीको टिप्पणी : अराजकता फैल्याउनेलाई नियन्त्रणमा लिन्छौँ

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १७:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय समाजमा अराजकता फैल्याउने क्रम बढेको बताएका छन्।

पाँच दलीय गठबन्धन सरकारको ‘न्यूनतम् नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अब कसैले पनि अराजक गतिविधि गर्दै हिँड्न नपाइने बताए।

पछिल्लो समय समाजमा अराजकता फैल्याउने काम भइरहेको बताएका उनले अब त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिने उल्लेख गरे।

‘संविधान र नियम कानुन हातमा लिएर हिँड्नेलाई अब हामी नियन्त्रणमा लिन्छौँ’, सोमबार दुर्गा प्रसाईले सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘जे मन लाग्यो त्यही बोल्दै हिँड्नेलाई नियन्त्रणमा लिन्छौँ, त्यसमा केही संकेत देखिएका छन्।’

दाहालले प्रसाई लक्षित टिप्पणीमा उनले सोमबार सर्वोच्चमा देखाएको गतिविधि नियन्त्रण योग्य रहेको बताएका हुन्। 

सोमबार आफ्नो मुद्दा पेसीमा चढेपछि अत्याधुनिक हतियार बोकेका दुईजना गार्डसहित प्रसाई सर्वोच्च अदालत छिरेका थिए।

अत्याधुनिक जर्मन हतियारसहितका ती दुईजना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

तर, प्रसाईले उक्त हतियारका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएको बताउँदै आएका छन्। 

प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितिमा संलग्नता देखिएमा जोसुकैलाई पनि सरकारले कारबाही गर्ने पनि बताए। 

‘मैले प्रधानमन्त्री भएदेखि नै सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा काम थालिएको थियो’, उनले भने,  ‘त्यसमा मद्दत गर्नेहरूलाई मैले धन्यवाद दिएको छु। तर पछि शिथिलता देखिएपछि नयाँ समीकरण बनाएर मात्रै सुशासन, समृद्धि र िवकासको पक्षमा जनतामा भरोसा देखाउन सकिन्छ भन्ने भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .