ad ad

समाज


सांसदको घरबाट हिंसामा परेकी बालिकाको उद्धार, बालेन भन्छन्– गणतन्त्र कसका लागि?

सांसदको घरबाट हिंसामा परेकी बालिकाको उद्धार, बालेन भन्छन्– गणतन्त्र कसका लागि?

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २०:५१, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बालुवाटार क्षेत्रबाट १४ वर्षीया बालिकाको उद्धार गरिएको जानकारी दिएका छन्।

गणतन्त्र दिवसका दिन लठ्ठी र पाइपले कुटपिट भएको अवस्थामा सांसदको घरबाट बालिकाको उद्धार भएको बालेनले बताएका छन्।

यद्यपी ती सांसद को हुन् भन्ने उनले खुलाएका छैनन्।

यस्तै, केही दिनअगाडि एक होटलबाट बुवाले लिएको ऋण तिर्न भनि जोखिमपूर्ण श्रममा लगाइएका २ जना १० देखि १४ वर्ष उमेरका बालकहरूको उद्धार गरिएको मेयर शाहले बताएका छन्।

उनले २०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्धार भएको जानकारी दिएका छन्।

काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थाबाट बालबालिका उद्धार गरिएको शाहको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .