समाज


जनयुद्धका घाइतेलाई सीप सिकाउन सीटीईभीटीलाई शिक्षामन्त्रीको निर्देशन

जनयुद्धका घाइतेलाई सीप सिकाउन सीटीईभीटीलाई शिक्षामन्त्रीको निर्देशन

नेपालखबर
फागुन १२, २०७६ सोमबार ८:१२,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)लाई निर्देशन दिएका छन्।

सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन्।

सीटीईभीटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षणलगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए। सीटीईभीटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए। सीटीईभीटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसमा आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

अबको २५ वर्षमा आईसीटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पोखरेलले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। सीटीईभीटी उच्चस्तरीय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधैँ सीएमए र अनमी उत्पादन गर्न नसकिने बताए।

सीटीईभीटीले ३२औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad