समाज


विद्युत्‌ प्राधिकरणले आफ्नै कर्मचारीको प्रमाणपत्र छानबिन गर्न अख्तियारमा पठाएपछि...

विद्युत्‌ प्राधिकरणले आफ्नै कर्मचारीको प्रमाणपत्र छानबिन गर्न अख्तियारमा पठाएपछि...

नेपालखबर
साउन २४, २०८१ बिहिबार १६:३४, काठमाडौँ

नेपाल विद्युत्‌ प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधीरकुमार चतुर्वेदीविरूद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी चतुर्वेदीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै चतुर्वेदी पदबाट निलम्बनमा परेका छन्।

चतुर्वेदीले भारतमा अध्ययन गरी उत्तीर्ण गरेको भनिएको शैक्षिक प्रमाणपत्र छानबिनको लागि नेपाल विद्युत्‌ प्राधिकरणले नै अख्तियारमा पठाएको थियो।

चतुर्वेदी २०६६ कात्तिक ९ देखि लागू हुने गरी क्लर्क (लेखा), तह-३ मा स्थायी पदमा नियुक्त भएका थिए। त्यसपछि सहायक लेखापाल (तह-४) मा बढुवा भएका थिए। उनले विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कुल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांकपत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा. सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (विहार) बाट जारी चारित्रिक प्रमाणपत्र र विद्यालय परित्यागसमेतको झुटा तथा नक्कली शैक्षिक योग्यताका प्रमाण-पत्रहरू पेस गरी हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad