समाज


एटीएमले पैसा दिए जस्तै स्वास्थ्य सेवा तुरुन्त दिनुपर्छ भन्ने धारणा गलत : डा कार्की

एटीएमले पैसा दिए जस्तै स्वास्थ्य सेवा तुरुन्त दिनुपर्छ भन्ने धारणा गलत : डा कार्की

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १६:२८, काठमाडौँ

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताएका छन्।

‘अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक छ, कार्यान्वयनमा कसरी गरिन्छ, त्यो हेर्न बाँकी छ। कार्यान्वयन पेचिलो हुन्छ।’

अध्यक्ष डा कार्कीले मन्त्रालयले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, उकरण ,भौतिक पूर्वाधार सहित बजेट वृद्धि गर्नुपर्छ भने।  

उनले भने, ‘अस्पताल विकास समितिले जनशक्तिमा लगानी गर्नुपर्‍यो। सरकारले पनि दरबन्दी थप्नुपर्‍यो।’

सरकारमा राजनीतिक नेतृत्व परिवर्तन भइरहँदा नयाँ कार्यक्रम आउने गरेको जनाउँदै उनले यस्ता कार्यक्रमको गहिराइ अध्ययन गर्नुपर्ने बताए।

स्वास्थ्य मन्त्रालयले दुई सिफ्टको बहिरङ्ग सेवा सञ्चालनको के उद्देश्यले ल्याएको हो? भन्ने आफूहरु स्पष्ट नभएको जनाउँदै उनले भने,‘दुई सिफ्टमा जनतालाई सेवा दिएर पहुँच बढाउँछु भन्ने त राम्रो हो। तर यसको प्राविधिक पाटो र जनशक्तिको पाटो मुख्य कुरा हुन्।’

स्वास्थ्य मन्त्रालयलाई हेर्दा अहिले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा कार्कीले भने, ‘किनकी त्यही जनशक्तिले धेरै समय काम गर्नु, समय बढाएर काम गर्नु, गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कल्पना नै गर्न नसकिने विषय हो।’

सेवाको समय बढेपछि बिरामीको चाप पनि थपिने र सेवाको चाप पनि थपिने उनको भनाइ छ।

विकसित मुलुकहरूको उदाहरण दिँदै अध्यक्ष डा कार्कीले भने, ‘संसारका विकसित मुलुकमा पनि वेटिङ (पालो कुर्ने) प्रणाली छ। बेलायतमा हेर्ने हो भने बिमा (इन्स्योरेन्स) ले गर्दा छ महिनादेखि एक वर्षको वेटिङ लिस्ट हुन्छ। अमेरिकामा पनि त्यस्तै छ।’

एटीएमले पैसा दिए जस्तै तुरुन्त सेवा दिनुपर्छ भन्ने गलत धारणा बोकेर हामी हिँडिरहेको जनाउँदै उनले भने, ‘उपचार कुनै इमर्जेन्सी (आकस्मिक) हुन्छ, त्यसलाई तुरुन्त दिनुपर्छ, कुनै ढिलो उपचार गर्दा पनि घाटा नहुने हुन्छ।’

बहिरङ्ग सेवालाई मात्रै हेरेर अस्पतालको कुरा गरेर नहुने भन्दै उनले बहिरङ्गबाहेक चिकित्सकले दिने सेवा धेरै भएको बताए।

अन्तरङ्गमा भएका बिरामी, शल्यक्रिया, औषधि व्यवस्थापन, अन्य परीक्षणलगायत धेरै काम अस्पतालमा चिकित्सकले गर्नुपर्ने उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad