ad ad

समाज


कर्मचारीको तलब समायोजनबारे छलफल भइरहेको छ : प्रधानमन्त्री

कर्मचारीको तलब समायोजनबारे छलफल भइरहेको छ : प्रधानमन्त्री

नेपालखबर
साउन ३०, २०८१ बुधबार ७:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब समायोजनको तयारी भइरहेको बताएका छन्।

सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको उनले बताएका हुन्।

मंगलबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन भ्रमणका क्रममा आयोजित कार्यक्रममा उनले तलब समायोजनको प्रसंग निकालेका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि तलब वृद्धिका विषयमा छलफल भएको थियो। 

सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमानमा एकरुपता कायम गर्न आदेश दिएको छ। अदालतको आदेश अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी तलबमान समायोजन गर्ने तयारी सरकारले गरेको छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो। 

आदेश अनुसार निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुनेछ। यस वर्षको बजेट संसदबाट पारित भइसकेकाले तलब वृद्धि गर्दा कति आर्थिक दायित्व सिर्जना हुन्छ र कुन स्रोतबाट समायोजन गर्ने भनेर छलफल भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .