समाज


गट्ठाघरमा ६५ वर्षीय वृद्धलाई ट्रकले कसरी घिसार्‍यो? (हेर्नुस् सीसीटीभी फुटेज)

गट्ठाघरमा ६५ वर्षीय वृद्धलाई ट्रकले कसरी घिसार्‍यो? (हेर्नुस् सीसीटीभी फुटेज)

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १२:२९, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा ट्रक र स्कुटर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइरालाको बिहीबार भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएको थियो।

प्रहरीले उपलब्ध गराएको उक्त फुटेजमा मृतक कोइरालालाई ट्रकले गट्ठाघर चोकनिर ठक्कर दिएर घिसारेको देखिन्छ।

दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको देखिन्छ।

भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी राजन कार्कीका अनुसार, मृतक कोइरालाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। 

बिहीबार दिउँसो गट्ठाघरमा कोइराला सवार बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

हेर्नुस् सीसीटीभी फुटेजः 

घटनापछि दिनभर भक्तपुर क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरी र स्थानीयबीच झडप नै भयो। 

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्रकलाई भने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ।

सुरुमा ११८ जना प्रहरी परिचालन गरिएको थियो। त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो।

साँझमात्रै अवस्था सामान्य बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad