मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमाथि धौलागिरी हिमालनजिकै हिमपहिरोले थुनिएको नदी विस्तारै खुल्न थालेको छ।
शुक्रबार दिउँसो आएको हिमपहिरोका कारण स्थानीय छिप्लुङ खोला थुनिएको थियो। उक्त खोला वडा नम्बर २ मै पर्ने बोक्से खोलामा पुगेर मिसिन्छ।
वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दिएको जानकारी अनुसार, किनारमा रहेका बस्तीहरूलाई सुरक्षित ठाउँतर्फ अवतरण गराउने काम भइरहेको छ।
अहिले विस्तारै खोला खुल्न थालेपछि नदी आसपासका क्षेत्रमा ठूलो क्षति नहुने नेखिएको उनले बताए। यद्यपि, हिमपहिरो सबै खुलिसकेको छैन।
— Nepalkhabar (@nepalkhabar) August 23, 2024मुस्ताङमा हिउँ पहिरोले थुनिएको खोला बग्न थाल्यो pic.twitter.com/vsQzPt5uoV
बोक्से खोलामा पानी नआएपछि निरीक्षणका लागि प्रहरीसहितको टोली पुग्दा हिमपहिरोले थुनिएको भेटिएको थियो।
गाउँपालिकाले सो ठाउँमा गएको हिमपहिरोको भिडिओ सार्वजनिक गरेको छ।
Shares

प्रतिक्रिया