समाज


पाँच करोड ठगेर कम्बोडिया भागेका सुजन रेड नोटिसको सहयोगमा यसरी झिकाइयो

पाँच करोड ठगेर कम्बोडिया भागेका सुजन रेड नोटिसको सहयोगमा यसरी झिकाइयो

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १६:५७, काठमाडौँ

वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० का सुजन आचार्य पक्राउ परेका छन्।

कम्बोडियाली राष्ट्रिय प्रहरी (एनसीबी नोमपेन) को समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाहीका लागि शुक्रबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका थिए।

यस मुद्दामा सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखामा अनुरोध भएपछि २०८० माघ १९ गते उनीहरूविरुद्ध रेड नोटिस जारी भएको थियो।

साथै सुजनविरूद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार (साइबर अपराध) सम्बन्धी कसुरमा र २०८० वैशाख २५ गते प्रहरी वृत्त, महाराजगन्जमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरको जाहेरी विचाराधीन छ।

अनुसन्धानको क्रममा उनीहरूलाई खोजतलास गरी नेपाल फिर्ता ल्याउनइन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएको थियो। २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो। 

सुजनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad