समाज


एक हजार एम्पुल लागुऔषधसहित युवती पक्राउ

एक हजार एम्पुल लागुऔषधसहित युवती पक्राउ

फाइल फोटो


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार २०:३४, म्याग्दी

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट एक हजारभन्दा बढी एम्पुल लागुऔषधसहित एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

एक हजार एक सय ९३ एम्पुल लागुऔषध सहित मङ्गला गाउँपालिका–२ की २३ वर्षीया पूर्णा बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। यही मङ्सिर २ गते आइतबार पक्राउ परेकी बिकलाई आज सार्वजनिक गरिएको हो।

प्रहरी निरीक्षक सागर पौडेलले बिकको साथबाट तीन सय ९८ एम्पुल डाइजापाम, तीन सय ९७ एम्पुल फेनेरागन र तीन सय ९८ बुप्रेनोफिन बरामद गरिएको जानकारी दिए।

विशेष सूचनाको आधारमा बिकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागु औषध भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए।

बिकविरुद्ध म्याग्दी जिल्ला अदालतमा लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पूर्णाको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागुऔषधि बरामद भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad