पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल हेर्न पुगेका छन्।
नेपाली कांग्रेसका अन्य नेतासहित देउवा कीर्तिपुर पुगेका हुन्। एनपीएलको फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मैदानमा पुगेका छन्। त्यस्तै गृहमन्त्री रमेश लेखकसहितका नेताहरु पनि खेल हेर्न पुगेका छन्।
एनपीएलको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच अहिले खेल चलिरहेको छ। सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले पछ्याइरहेको छ।
396
Shares

प्रतिक्रिया