पत्नी सिर्जना सुवेदीबाट निःस्वार्थ प्रेम, त्याग र समर्पण पाएर देश-विदेशमा चर्चा पाएका विवेक पंगेनीको अन्त्येष्टि गरिएको छ।
अमेरिकामा क्यान्सर उपचारका क्रममा केही दिनअघि बितेका नेपाली युवक विवेकको नेपाली समयानुसार शनिबार राति ९:४५ बजे न्युयोर्कमा दाहसंस्कार गरिएको हो।
ब्रेन क्यान्सरको चौथो स्टेजसँग संघर्ष गरिरहेका विवेक पंगेनी पत्नी सिर्जनाले जति प्रयास गरे पनि बाँच्न सकेनन्।
यसरी सिर्जना र विवेकको वियोग हुँदा सामाजिक सञ्जालभरि शोक व्यक्त गरिएको थियो।
विवेकको दाहसंस्कारमा परिवारजन, साथीभाइ र न्युयोर्क क्षेत्रमा रहेका नेपाली सहभागी भएका थिए।

न्युयोर्कवासी आनन्द विष्टले विवेकको अन्त्येष्टि गरिएका तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अलबिदा भाइ विवेक पंगेनी, स्वर्गमा बास होस्। बैनी सिर्जना, बुवा र सम्पूर्ण परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्। तपाईंहरूको प्रेमकथा जुनीजुनी अमर रहनेछ।’
Shares

प्रतिक्रिया