समाज


सन् २०२५ सुरु

सन् २०२५ सुरु

सन् २०२५ को स्वागतमा मंगलबार राति ठमेलमा आयोजित कार्यक्रम।


सरोज नेपाल/सरोज बैजु
पुस १७, २०८१ बुधबार ६:६, काठमाडौँ

आज जनवरी १ तारिक। ग्रेगोरियन पात्रोअनुसार आज इस्वी संवत्‌को नयाँ वर्ष २०२५ सुरु भएको छ। 

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्‌को सुरुवात भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रोअनुसार संवत्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए।

विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा.खिलानाथ बस्ताकोटी बताउँछन्।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। 

तर, केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ। 

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँका ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।

मङ्गलबार बेलुकीदेखि नै राजधानीका ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad