समाज


राजावादीको प्रदर्शनले चाबहिल-तीनकुने सडक प्रभावित, कोटेश्वरमै रोकिए मालवाहक गाडी

राजावादीको प्रदर्शनले चाबहिल-तीनकुने सडक प्रभावित, कोटेश्वरमै रोकिए मालवाहक गाडी

नेपालखबर
फागुन २५, २०८१ आइतबार १४:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल तथा संस्थाहरूको प्रदर्शनले काठमाडौँको सवारी आवागमन प्रभावित भएको छ।

प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएपछि तीनकुने चाबहिल रुट प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजयबहादुर राउतले बताए। 

तीनकुने-चाबाहिल चक्रपथ सडकमा चल्ने सवारीलाई वैकल्पिक सडकमा पठाउन थालिएको छ। तीनकुनेबाट बानेश्वरतर्फ नै पठाइएको छ। सिनामंगलबाट पनि पुरानो बानेश्वर हुँदै धोवीखोला करिडोरको सडकतर्फ पठाइएको राउतले बताए। 

विमानस्थलतर्फ भने टिकट भएका यात्रुलाई मात्रै पठाइएको पनि राउतले बताए। यता मालबहाक सवारीसाधानलाई भने कोटेश्वर र नयाँ बसपार्कमै रोकिएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने भएपछि राजावादीहरूले प्रदर्शन थालेका छन्। साढे तीन बजे पोखराबाट चार्टड विमानमा काठमाडौँ आउने शाह त्रिभुवन विमानस्थलबाट निर्मलनिवास फर्किने तयारी छ। 

तर उनी आएकै अवसरमा राजावादीहरूले पनि प्रदर्शन गरेपछि सुरक्षा सतर्कता बढाइएको काठमाडौँ उपत्यका प्रहरी काकर्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए। शाहको आवागमन हुने दुवै विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad