समाज


प्रज्ञा प्रतिष्ठानद्वारा १० जना स्रष्टालाई जनही एक लाखको पुरस्कार घोषणा

प्रज्ञा प्रतिष्ठानद्वारा १० जना स्रष्टालाई जनही एक लाखको पुरस्कार घोषणा

नेपालखबर
चैत २१, २०८१ बिहिबार १६:२५, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानले १० जना स्रष्टालाई जनही एक/एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

यस वर्ष (विस. २०८१) सालको विभिन्न विधाका प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीका अनुसार प्रज्ञा भाषा पुरस्कार, २०८१– चूडामणि रेग्मीलाई प्रदन गरिने छ।

यस्तै, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, २०८१– दिल साहनी, प्रज्ञा संस्कृति पुरस्कार, २०८१– डिक बान्तावा, प्रज्ञा बालसाहित्य पुरस्कार, २०८१– शारदारमण नेपाल, प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०८१–जसराज किराती, प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०८१– कृष्ण धरावासी, प्रज्ञा समालोचना पुरस्कार, २०८१– डा. सुधा त्रिपाठी, प्रज्ञा दर्शन पुरस्कार, २०८१– गोपीरमण उपाध्याय, प्रज्ञा अनुवाद पुरस्कार, २०८१– बलराम अधिकारी तथा प्रज्ञा अन्तर्देशीय पुरस्कार, २०८१– भवीलाल लामिछाने (भारत) लाई प्रदान गरिने प्रतिस्ठानले सार्वजनिक गरेको हो।
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि प्रति पुरस्कार रु १ एकलाख रुपैयाँ रहेको छ।

मातृभाषा साहित्य पुरस्कार, २०८१ (पहाडी र हिमाली क्षेत्र) तर्फ गणेश वाम्बुले राई र मातृभाषा साहित्य पुरस्कार, २०८१ (राई र मधेश क्षेत्र) बाट कमलसिं रानालाई यसअघि (अन्तर्राष्ट्रिय मातृभाषा दिवस, सन् २०२५ का अवसरमा) प्रदान गरिसकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad