समाज


२ दिनमा चट्याङ लागेर देशभर ८ जनाको मृत्यु

२ दिनमा चट्याङ लागेर देशभर ८ जनाको मृत्यु

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:४, काठमाडौँ

दुई दिनमा चट्याङ लागेर नेपालमा आठ जनाको मृत्यु भएको छ। 

बुधबार र बिहीबार चट्याङबाट सुदूरपश्चिम प्रदेशमा तीन, कोसी र लुम्बिनी प्रदेशमा दुई–दुई र मधेस प्रदेशमा एकजनाको मृत्यु भएको हो। 

बिहीबार राति डोटीको सायल गाउँपालिका ६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनका ३ महिने शिशुसहित परिवारका ४ जना चट्याङबाट घाइते भएका छन्। 

प्रहरीका अनुसार नागरीका १० वर्षीया छोरी तारा, ८ वर्षीया छोरा अभिषेक, ६ वर्षीय छोरा अबी र ३ महिनाका छोरा शंकर घाइते भएका हुन्। चट्याङ लागेर नागरीकी ३ जना छिमेकी पनि घाइते भएका प्रहरीले जनाएको छ। 

छिमेकीहरु ४० वर्षीया तारा नागरी, ८० वर्षीय काली दमाइ र ६ वर्षीया खुसी नागरी घाइते भएका प्रहरीले जनाएको छ। 

त्यसैगरि बझाङको बित्थड चिर गाउँपालिका–३ की ७८ वर्षीया धौली देवी बोहराको पनि चट्याङ लागेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङबाट बोहराका नातिनीहरु १४ वर्षीया जस्मा र १३ वर्षीया पवित्रा पनि घाइते भएका छन्।

त्यसैगरि बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीको पनि चट्याङ लागेर मृत्यु भएको छ। 

त्यसैगरि धनुषाको नगराइन नगरपालिका– ८ की ६० वर्षीया बेचनदेवी पासवानको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

झापाको गौरादह नगरपालिका– ५ मा का ५४ वर्षीय दुधकुमार लावतीको पनि बुधबार घरमै चट्याङ लाग्दा मृत्यु भएको हो। 

त्यसैगरि अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका– १०, लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती र रोल्पाको सुनीलस्मृति गाउँपालिका– ५ की १६ वर्षीया धनमाया खत्रीको पनि चट्याङ लागेर मृत्यु भएको छ। उनीहरुलाई बिहीबार बिहान चट्याङ लागेको थियो। 

मोरङको कानेपोखरी गाउँपालिका– १, होक्लाबारी मामाघर गएका सुनसरीको इटहरी उपमहानगरपालिकाका १२ वर्षीय आविष्कार बरालको पनि चट्याङ लागेर मृत्यु भएको छ। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर दुई दिनमा देशभर ११ जना घाइते भएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad