राजधानीमा सम्पन्न युवा साहित्य सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट युवाहरु पुरस्कृत भएका छन्। वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकी छिन्। काभ्रे स्थायी घर भएकी उनले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्।
यस्तै दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो पुरस्कार हात पारेका छन्। दोस्रोलाई ५० हजार र तेस्रो ३० हजार रुपैयाँ प्रदान गरिएको छ।
निबन्ध प्रतियोगितामा मनोज बुढाले प्रथम स्थान हासिल गरेर ५० हजार रुपैयाँ हात पारेका छन्। यस्तै दोस्रो स्थान हासिल गरेकी ज्योती घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो स्थान हासिल गरेर २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
जीवन आरोही राईले कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेर ५० हजार रुपैयाँ हात पारेका छन् भने रबिना कँडेल दोस्रो र सन्तोष पौडेलले तेस्रो स्थान हात पारेका छन्।
कँडेलले ३० हजार र पौडेलले २० हजार रुपैया प्राप्त गरेका छन्। यसैगरी गजल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर दैलेखका दिपिन सिजापतिले ५० हजार रुपैयाँबाट पुरस्कृत भएका छन्। दोस्रो पुरस्कारबापत अंकित आचार्यले ३० हजार र तेस्रो पुरस्कारबापत खिमानन्द जोशीले २० हजार रुपैंयाँ हात पारेका छन्।
राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागद्वारा आयोजित युवा साहित्य सम्मेलनका संयोजक रहेका कुवेर अधिकारीले अबदेखी हरेक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिने बताए।
राष्ट्रिय युवा संघको शिक्षा विभाग प्रमुख समेत रहेका अधिकारीले हरेक प्रदेशहरुमा पनि अबदेखि युवा साहित्य सम्मेलनको आयोजना गर्ने अधिकारीले बताए। यस युवा साहित्य सम्मेलनमा देशभरका एक हजार दुई सय भन्दा बढीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया