रुसका राष्ट्रपति भ्लादमिर पुटिनले हालै भेटेका एक डाक्टरमा कोरोना भाइरस ‘कोभडि १९’ को संक्रमण पुष्टि भएको छ।
एकहप्ता अगाडि पुुटिनले मस्कोको अस्पताल भ्रमण गरेका थिए। त्यसबेला पुटिनले डाक्टर डेनिस प्रोटसेन्कोसँग भेटेका थिए।
उनीहरुले हात समेत मिलाएको एएफपीले उल्लेख गरेको छ। डाक्टर डेनिस कोममुनार्का अस्पतालका प्रमुख डाक्टर मानिन्छन्।
पुटिन र डाक्टर डेनिसले भेटका क्रममा सुरक्षित चिकित्सकीय पोशाक समेत लगाएका थिएनन्।
मंगलबार ती डाक्टरमा कोरोनाको संक्रमण पुष्टि भएको हो। पुटिनमा भने हालसम्म कोरोनाको संक्रमण नदेखिएको बताइएको छ।

प्रतिक्रिया