समाज


राशिफल १८ वैशाख : बिछोडमा पर्दा तुलालाई छटपटी बढ्ने, वृश्चिकलाई रोजगारीको प्रस्ताव आउने, तपाईँको के?

राशिफल १८ वैशाख : बिछोडमा पर्दा तुलालाई छटपटी बढ्ने, वृश्चिकलाई रोजगारीको प्रस्ताव आउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख १८, २०८२ बिहिबार ४:३६, काठमाडौँ

आज बिहीबार, १८ वैशाख २०८२ (१ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: शुभ र रमणीय यात्राको योग छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। वैदेशिक बजारबाट पनि राम्रो सफलता मिल्नेछ। साँझमा केही पैसा खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष: गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको सुखमा रमाउने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: मन खिन्न हुने स्थिति आउनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। बोल्दा विचार पुर्‍याउनुपर्ने देखिन्छ। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झट्टै जोकोहीलाई विश्वास नगर्ने।

सिंह: रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। पारिवारिक मनोरञ्जन हुनेछ। आपसी सद्भाव बढ्नेछ। समाजसेवामा मन लाग्नेछ। वैदेशिक कार्य सम्पादन हुनेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: शुभ समाचारले हौसला बढाउनेछ। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिएला। कला र गलाको प्रभाव बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: आयव्यय बराबरी रहनेछ। मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी बढ्नेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्नेछ। मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

वृश्चिक: रोजगारीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्ला। पारिवारिक जमघटमा मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। गुलाबी रङको प्रयोग नगर्ने।

धनु: धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आँटे-ताकेको कार्य पूरा होला। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला।

भाग्यशाली रङ सेतो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: दिन अविस्मरणीय सम्झनाले बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। जोस, जाँगर र हिम्मत बढ्न सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा विवाद आउन सक्छ। साँझमा सफल यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूको ईर्ष्या नगर्ने।

मीन: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad