समाज


भैरहवामा भैँसी आतंकबारे क्यानले भन्यो– विमानस्थलको मुख्य क्षेत्रबाहिरको घटना

भैरहवामा भैँसी आतंकबारे क्यानले भन्यो– विमानस्थलको मुख्य क्षेत्रबाहिरको घटना

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार २०:१६, काठमाडौँ

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले रुपन्देहीको भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भैँसीले आतंक मच्चाएको भन्ने प्रचारबारे ध्यानाकर्षण भएको बताएकोछ।

बुधबार विज्ञप्ति जारी गर्दै क्यानले भैँसी दौडिएको भनिएको क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यक्षेत्र बाहिरको जमिन रहेको बताएको छ।

‘विद्यमान अवस्थामा सञ्चालनमा रहेको विमानस्थलको मुख्य क्षेत्रमा रहेको मुख्यतारबार भन्दा बाहिर अवस्थित विमानस्थल निर्माणको क्रममा जग्गा अधिग्रहण गर्दा पूर्ण रुपमा विस्थापित घर परिवारको लागि प्राधिकरणको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्वास योजना लागू गर्न, वातावरणीय प्रभाव मूल्यांकन अनुसार विमानस्थलबाट उत्पति हुने फोहरमैलाको व्यवस्थापन गर्न र हवाई सुरक्षाका दृष्टिकोणले अत्यन्त संवेदनशिल मानिने जंगली जनावर तथा पशुपन्छीको गतिविधि नियन्त्रण गरी हवाई सुरक्षा चुनौतीहरु न्यूनीकरण गर्न प्राधिकरणले अलग्गै छुट्याएको करिब ४० विगाहा जमिनमा भैँसी आतंक, अधिकांश जमिन प्रयोगविहिन भनेर सामाजिक सञ्जालमा प्रसारित गतिविधिलाई लिएर सञ्चार माध्यममा अतिरञ्जित हुने गरी विमानस्थल जस्तो संवेदनशिल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने बदनियतले भएका गतिविधिको खण्डन गर्दै उक्त विमानस्थलको व्यवसायिक सञ्चालनका लागि आ–आफ्नो तर्फबाट सकारात्मक सहयोग, सहकार्य तथा समन्वय गर्न हुन सम्पूर्ण सरोकारवाला वर्गमा प्राधिकरण विशेष अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

साथै अन्तर्राष्ट्रिय उड्यन प्राधिकरण (आईकाओ)को मापदण्ड अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरेक दृष्टिकोणले सुरक्षित रहेको प्राधिकरणले बताएको छ। 

प्राइमटाइम टेलिभिजनका पत्रकार ऋषि धमलाले विमानस्थल क्षेत्रमै भैँसीले आतंक मच्चाएको सन्देश जानेगरी रिर्पोटिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad